वीरगन्ज । नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारीले क्रियाशील र ऊर्जावान पत्रकारलाई घर घरमा पुगेर सदस्यता दिने बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ पर्साका शाखाका नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रममा बोल्दै सचिव तिवारीले अनाधिकृत रुपमा सदस्यता लिएका गैर पत्रकारहरुको सदस्यता शुद्धिकरण गरि सदस्यता हटाई क्रियाशील पत्रकारलाई सदस्यता दिने बताउनु भएको छ ।
गैर पत्रकारहरु लाई गुटगत बनाइ केन्द्रले दिएको सदस्यता शुद्धिकरण गरिने र क्रियाशिल पत्रकारलाई
सदस्यता दिने केन्द्रले छिटो कदम चाल्ने छ । सदस्यता शुद्धिकरण अभियानमा जिल्लाले पनि साथ सहयोग साथै चासो देखाउन केन्द्रिय सचिव तिवारीले आग्रह गरे ।