बीरगंज । मधेशी पत्रकार समाज पर्सा जिल्ला कार्यसमितिको बैठक आज सम्पन्न भएको छ । आज बसेको बैठकले दुई वटा प्रस्तावमा छलफल गरी निर्णय समेत गरेको छ । पहिलो निर्णय अनुसार नयाँ सदस्यता सम्बन्धमा आउँदो पौष १५ गते नेपाल पत्रकार महासंघ पर्सामा ज्ञापन पत्र बुझाउने र अर्को निर्णयबाट हालै सम्पन्न भएको नेपाल पत्रकार महासंघ केन्द्रीय शाखाको चुनावमा एसोसिएट सदस्य पदमा निवार्चित भएका मधेशी पत्रकार समाज पर्साका कोषाध्यक्ष धीरेन्द्र तिवारीलाई सम्मान गरीएको मनोज कुमार मिश्रले जानकारी दिए ।
मधेशी पत्रकार समाज पर्साका अध्यक्ष रामजी प्रसाद यादवको अध्यक्षतामा बसेको बैठकमा प्रदेश उपाध्यक्ष मनोज कुमार मिश्र , श्याम गुप्ता लगायतको उपस्थिति रहेको थियो।