जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सका समर्थकलाई कुटपिट गरेको र सामाजिक सञ्जालमार्फत अपमानित गरेको भन्दै धनुषाको जनकनन्दिनी गाउँपालिकाले ‘पेन डाउन’ गर्ने निर्णय गरेको छ।
गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले मंगलबार विज्ञप्ति जारी गर्दै सामाजिक तथा साम्प्रदायिक सद्भावउपर खलल पर्ने गतिविधिमा संलग्नहरुलाई कारबारहीको माग गरेका छन्।
उनले बिहीबार गाउँपालिकाको कार्यालय तथा मातहतमा रहेको सम्पूर्ण सरकारी कार्यालयमा ‘पेन डाउन’ गर्ने निर्णय गरेको जनाएका हुन्।