वीरगंज । पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा न .२४ बहुवरी नया रोडमा आज बेलुकाको करीब ६:३० बजे तिर भारतिय ट्रकले ना २५ प ९०९१ नंबर को मोटरसाइलाई ठक्कर दिदा घटना स्थल मै एकजनाको मृत्यु भएको छ भने एक व्यक्ति घाइते भएका छन्।
दुर्घटनामा मोटरसाइकल सवार १४ वर्षीय संदिप पाण्डेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन् । उनलाई उपचारका लागि वीरगंज स्थित नारायणी अस्पताल लयाइएको छ ।
बारा जिल्लाको कवहीगोठ निवासी संदिप पाण्डेको मृत्यु भएको हो ।
प्रत्यक्षदर्शीहरूका अनुसार भारतिय नम्बर प्लेटको ट्रकले तीव्र गतिमा मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनापछि भारतिय ट्रक फरार रहेको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंले जानकारी गराएका छन ।उनका अनुसार प्रहरी टोलीले फरार ट्रक र चालकको खोजी कार्य जारी रहेको जानकारी गराएका थिए।