बिरगंज । पर्साको बिरगंज महानगर लगायत मधेस प्रदेशमा लगातार ३ दिन देखि बढेको चिसो , हावा एवम् अत्याधिक हुस्सु र कुहिरोका कारण मधेसमा बसोबास गर्नेहरुको जनजीवन प्रभावित भएको छ ।
कुहिरो तथा जाडाेले जनजीवन प्रभावित हुन थाले पछी बिरगंज महानगरपालिकाले बिरगंजका विभिन्न स्थानमा दाउरा बाडेको छ । बिरगंजको नारायणी अस्पताल , नया बसपार्क एरिया चाैक , घण्टाघर चाैक , माईस्थान चाैक , मुर्लि चाैक , पावरहाउस चाैक , मालपोत चाैक , श्रीराम हल चाैक , महावीर मंदिर चाैक र अमर चाैक समेतका ठाउहरूमा दाउरा दिई आगो बाली गाउँ गाउबाट आउने जाने सर्वसाधारण एवं बटुवाहरू र बिरामीका कुरूवाहरू समेतमा बालेकाे आगोले राहत पुगेको देखिएको छ । उक्त कार्यले बिरगंज महानगरपालिकाको सराहनीय कार्यले समुदायमा राम्रो प्रभाव परेको छ।