वीरगन्ज । कुटपिटको क्रममा एक जनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा रौतहटबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा राजदेवी नगरपालिका–१ बस्ने २० वर्षका रामनरेश राय यादव छन्।
२०७९ फागुन २४ गते सोही स्थानका २५ वर्षका गजेन्द्र दासको कुटपिटको क्रममा मृत्यु भएको थियो।
कुटपिटमा संलग्न रही फरार रहँदै आएका यादव आफै प्रहरीसमक्ष हाजिर भएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता रामकुमार महतोले जानकारी दिए।
उनलाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गराई अनुसन्धान अघि बढाइएको महतोले बताए।