पर्सा । ज्योति दैनिकले लेखेको समाचारको प्रभाव देखिएको छ । शिक्षा विकास तथा समन्वय इकाई वीरगन्ज पर्साले आर्थिक चलखेलमा नियमावली तथा निर्देशिका विपरीत तीव्र रुपमा गर्दै आएको शिक्षक सरुवा आजदेखि स्थगित गरेको छ ।
नियम विपरीत आर्थिक चलखेलमा गरिँदै आएको सरुवा विरुद्ध हिजो बिहीबार ज्योती दैनिकले समाचार प्रकाशन गरेपछि शिक्षा विकास तथा समन्वय इकाई पर्साले उक्त कार्य एक विज्ञप्ति जारी गर्दै स्थगित गरेको छ ।
यस दैनिकले आर्थिक चलखेलमा नियमावली तथा निर्देशिका विपरीत तीव्र रुपमा शिक्षक सरुवा हुँदै गरेको समाचार प्रकाशन तथा प्रसारण गरेकोमा शुक्रबार शिक्षा बिकास तथा समन्वय ईकाई पर्साले एक बिज्ञप्ती निकालेर शिक्षक सेवा आयोगले सिफारिस गर्ने प्रकृया सुरु भएकोले स्थाई नियुक्तिका लागि सिफारिस भई आउने शिक्षकहरुको नियुक्ति प्रकृया सम्पन्न नहुञ्जेल प्राथ्मीक तथा निम्न माध्यामिक तहको शिक्षकहरुको जिल्लान्तर सुरुवा नहुने भएकोले बिज्ञापन तथा सहमती प्रदान गर्ने गराउने कार्य नगर्नु नगराउनु सबै स्थानिय तहहरुमा सुचित गरेको छ ।
यस दैनिकले हिजो बिहीबार आर्थिक प्रलोभन र राजनीतिको चरम दुरुपयोग तथा पद र अधिकारको दुरुपयोग गरेर बिन्दवासिनी, जिराभवानी, बहुदरमाई, सखुवाप्रसौनी लगायतका पालिकामा सरुवा भएको पाइएको समाचार लेखेको थियो ।
शिक्षा विकास तथा समन्वय इकाई पर्सा प्रमुख प्रमुख मोती प्रसाद भट्टराईले आर्थिक दररेट तोकी नियम र नियमावली विपरीत आर्थिक चलखेलमा सरुवा गर्दै आएका थिए ।
यो पनि हेर्नुहोस ।
पर्साः आर्थिक चलखेलमा नियमावली तथा निर्देशिका विपरीत तीव्र रुपमा शिक्षक सरुवा हुँदै ।
आर्थिक चलखेलमा एउटै विषयका दुईटा दरबन्दी कायम ।