वीरगन्ज । प्रेस सेन्टर नेपाल पर्साको छैठौँ अधिवेशन सम्पन्न भएको छ । वीरगन्जको होटल क्लासिक बेंङक्विटमा शुक्रबार अधिवेशन सम्पन्न भएको हो ।
सो अवसरमा शिवनाथ यादवको अध्यक्षतामा १७ सदस्सीय समिति गठन गरिएको छ । जसको खुल्ला उपाध्यक्ष पदमा कृष्णमोहन साह तथा महिला उपाध्यक्षमा समिना रञ्जितकार चयन भएका छन् ।
यसैगरी सचिवमा अजित भुजेल, सहसचिव बिदुर गौतम र रञ्जित यादव तथा कोषाध्यक्षमा संजित गिरी सर्व सहमतिमा चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा रितेन्द्र झा, माधव तिमल्सिना, दीपेन्द्र साह, बलिराम यादव, प्रणय साह, आनन्द साह, मेघराज राय थारु, बिशाल पटेल, संजोग गिरी र सन्तोष कुशवाहा छन् ।
कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष गोबिन्द देवकोटाले पत्रकारहरुको हकहितमा काम गर्ने र उनीहरुलाई पत्रकारीता क्षेत्रमा अब्बल बनाउने एक मात्र संगठन प्रेस सेन्टर रहेको दाबी गरे ।