वीरगन्ज । आफ्नै बुहारी (भाइकी श्रीमती)को हत्या गरि १६ बर्षदेखि बेपत्ता रहेका एक पुरुष रौतहटबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कटहरिया नगरपालिका-१ बस्ने ५२ बर्षका जितन महतो नुनिया रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका नुनियाले आफ्नै भाइ हरिराम महतो नुनियाकी श्रीमती २२ बर्षकी शारदा देवीको २०६५ साल पुस २४ गते हत्या गरेका थिए।
मृतकको शव पुस २७ गते खेतबारीमा गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी उमाशंकर प्रसादले जानकारी दिए ।
सोही बेलादेखि फरार रहँदै आएका नुनियालाई पक्राउ गरि कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद लिइ थप अनुसन्धान अघि बढाइएको उनले बताए ।