ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला भारतले नाकाबन्दी लगाएको थियो। पेट्रोलियम पदार्थको हाहाकार भएको बेला ओलीले नेपालमै पेट्रोलियम पदार्थको उत्खनन गर्ने चीनसँग सम्झौता गरेका ।
सो अनुसार चीन सरकारको सहयोगमा दैलेख भैरवी गाउँपालिका–१ स्थित जलजलेमाकुलमा ४ हजार २ मिटर गहिराइसम्म उत्खनन गरी पेट्रोलियम पदार्थको नमुना (स्याम्पल) निकालिएको छ । अब यसलाई प्रयोगशालामा परीक्षण गरी व्यवसायिक उत्खनन र प्रशोधनको कामलाई अघि बढाउने सरकारले बताएको छ।