काठमाडौँ । काठमाडौँ स्थित मदन भण्डारी कलेज नजिक धोबीखोलामा आइतबार बिहान खसेको कार निकालिएको छ। नयाँबानेश्वर प्रहरीका अनुसार, बा.अ. ८७१४ नम्बरको सेतो रंगको कार खोलामा उत्तानो परेको कार निकालिएको छ।
दुर्घटनामा मानवीय र सार्वजनिक सम्पत्ति क्षति भएको छैन। कार चालक ललितपुरको कुपण्डोल बस्ने विनित विक्रम सिजापति हुन्। उनले जिम जाँदा बढी मोडिएर कार खसेको प्रहरीलाई बताएका छन्।