वीरगन्ज । पर्साको छिपहरमाई गाउँपालिकामा विभिन्न माग राख्दै विराेधमा उत्रेकाे छिपहरमाई सङ्घर्ष समितिले धर्ना आज आइतबारदेखि स्थगित भएको छ ।
छिपहरमाई सङ्घर्ष समितिले गाउँपालिकामाथि सूचना अधिकार उल्लङ्घन गरेको आरोप लगाउँदै विगत सात वर्षको आर्थिक, सामाजिक र विकास योजनाका विवरणहरू सार्वजनिक गर्न माग गर्दै गाउँपालिकामा कार्यालय अगाडि धर्ना दिँदै आएको थियो ।
गाउँपालिका अध्यक्ष मनोज गुप्ताले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै छिपहरमाई गा.पा.मा केही दिन देखि छिपहरमाइ सङ्घर्ष समिति युवा साथीभाइहरुले सूचना माग गरेकोमा दुबै पक्ष छलफल गरि नियमसंगत कागजात १ महिनामा दिने टुंगो लागेको जानकारी गराउनु भएको छ ।
साथै कानुन संवत् मिल्ने सूचना एक महिना भित्र दिने अध्यक्ष गुप्ताले जानकारी गराएपछि धर्ना स्थगित भएको हो ।