कन्हैया पटेल / वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका वडा प्रहरी कार्यालय बिर्ताले भन्सार छली एवं चोरी पैठारी गरि ल्याइएका लाखौं रुपैयाँ बराबरको भारतीय चामल बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका मिनाबजार स्थित आलु गोदाममा भण्डारण गरिएको अवस्थामा ७५ बोरा विभिन्न ब्रान्डका भारतीय चामल बरामद गरेको हो ।
प्रहरीले जनाए अनुसार बरामद चामलको बजार मूल्य करिब २ लाख रुपैयाँ भन्दा बढी रहेको छ ।
नियन्त्रणमा लिइएको उक्त चामललाई वीरगंज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको प्रहरीबाट जानकारी प्राप्त भएको छ ।