बारा , साउन ५
बाराको प्रसौनी गाउँपालिका वडा नम्बर -४ खुटवा जब्दीको आयोजनामा श्री चण्डीमाई धर्मशाला प्राङ्गणमा मुस्लिम धर्मावलम्बिहरुको बकरीद पर्वको शुभकामना अदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ। वडा अध्यक्ष आनन्द कुमार गुप्ताको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी पुर्व खेलकुद तथा विकास मंत्री एकबाल मियाँ ,विशिष्ट अतिथी प्रसौनी गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ता ,वडा अध्यक्ष आनन्द कुमार गुप्ता ,एकाई अध्यक्ष मदन बहादुर क्षेत्री ,वडा सदस्य अजय कुमार शाह ,राजिन्द्र सर लगायतको उपस्थिती रहेको थियो।
साथै विश्वव्यापी मानव संकटको रुपमा फैलिएको कोभीड-१९ संक्रमणको उच्च जोखिमबाट सुरक्षित रहन समाजिक दुरी कायम गर्दे केहि समयका लागी हालको अवस्थामा आ-आफ्नै घरमा बसी ईद-उल-अज्हा (बकरीद) नमाज पढ्न विशेष अनुरोध गर्दछु ।उक्त अवसरमा बोल्दै प्रमुख अतिथि मियाँले भने।प्रमुख अतिथि मियाले शुभकामना मन्तव्य प्रकट गर्नु हुँदै बकरीद पर्वले सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्नु भएको थियो ।उक्त अवसरमा बोल्दै अध्यक्ष गुप्ताले यो पर्ब समाजमा धनी , गरिब भए पनि एक आपसको सहयोग सद्भावले हुनेलाई र न हुनेलाई पर्ब मनाउनमा एहसास नहुने बताउनु भयो ।त्यस्तै वडा अध्यक्ष गुप्ताले यस वडामा मुस्लिम समुदायमा सदाचार एकरुकता भई पर्ब मनाउदा हामीलाई पनि रमाईलो हुने बताउनु भयो ।