वीरगन्ज १२ कार्तिक : वीरगन्जमा अलपत्र रहेका एक ब्यक्तिलाई उदार गरीएको छ । वीरगन्जको घडीअर्वा पोखरीको छेउमा लडिरहेको अवस्थामा अलपत्र र घाउको ब्यथाले छट्पटी रहेको ब्यक्तिलाई डा. दिपक चौरसिया र क्याटका सदस्य तबरेज अहमदले उदार गरेका छन् । क्याटका सदस्य अहमदले अलपत्र रहेको ब्यक्तिलाई उदार गरी वीरन्जस्थित नारायणी अस्पतालमा उपचारको लागि भर्ना गरेका छन् ।
भर्ना गराएका ब्यक्तिलाई डा.चौरसियाले आफैंले उपचार गरीरहेको अस्पताल श्रोतले जनाएको छ । वीरगन्जमा अहिले सम्म कुनै डाक्टरले नगरेको मानवीय र समाजीक कार्या डा. दिपक चौरसियाले गरेका छन् ।
डा. चौरसियाको आग्रहमा ग्रीन प्लस फर्मेसीले सो ब्यक्तिमा लाग्ने सम्पुण औषधी खर्च सहयोग गरेको छ । अलपत्र रहेको ब्यक्तिले आफ्नो ठेगाना बाराको जितपुर रहेको क्याटका सदस्य तबरेज अहमदले जानकारी दिएका छन ।