वीरगन्ज १२ कार्तिक : नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । पछिल्लो २४ घण्टामा १९ सय ५४ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । ३९ हजार ६४३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ७ हजार ७०९ जना छन् भने क्वारेन्टाइनमा २ हजार ८८९ जना रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८ हजार २४८ नमूनाको पीसीआर परीक्षण भएको छ। बुधबार २९ सय ८१ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ । आइसीयूमा २९० जनाको र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । नेपालमा कोरोनाबाट ८८७ जनाको मृत्यु भएको छ। बुधबार मात्रै ११ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।