वीरगन्ज १२ कार्तिक : प्रहरी कार्यालय श्रीपुर पर्साबाट खट्टीएको प्रहरी टोलीले अवैध रूपमा भन्सार चोरी पैठारी गरी गरेको छ ।
विशेष सुचनाको आधारमा श्रीपुर बाट खटिएको प्रहरी टोलीले ड्राईपोर्ट वीरगंज परवानीपुर सडक खण्डको भवानीपुर सिताराम चौक स्थित बाट भुष राख्ने गोठमा लुकाई छिपाई राखिएको विभिन्न समान रहेको १४ वटा पोका बरामद गरेको छ ।
बरामद गरिएको १४ वटा पोका मध्ये ११ वटा पोका शुटको थानको कपड़ा रहेका छन भने २ वटा पोका मा हार्डवेयर का समान र १ वटा पोका मा कुर्ता सलवार रहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ । बरामद गरिएको उक्त समानहरू वीरगंज भन्सार कार्यालय बुझाईएको प्रहरीले जनाएको छ ।