बिरगंज । नवदीप एकेडेमीको १२ औं वार्षिक खेलकुद कार्यक्रम धूमधाम संग सम्पन्न भएको छ।
बिरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालयको पछाडिपट्टि रहेको विपद् व्यवस्थापन गुल्मको खालि मैदानमा विभिन्न खेल कार्यकम को आयोजना गरी सम्पन्न भएको छ । नवदीप एकेडेमीका संचालिका सुशिला साहको अध्यक्षता तथा बिरगंज महानगरपालिकाको नगर प्रमुख मेयर राजेशमान सिंहकोप्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रमका अथितिहरु मधेश प्रदेश सभा सदस्य रहबर अंसारी,जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एस.पी. गौतम मिश्रा,बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलगाई ,प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी,मानवसेवा आश्रमका संस्थापक सदस्य देवेश मानव सेवा,कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, प्रभु अस्पतालकि संचालिका लक्ष्मी थापा,लायन्स कल्बका नरोतम पान्डे, अभिभावक संघ का अध्यक्ष सन्दीप साह ,राज होजियारी का संचालक राज शाह लगाएत विभिन्न सन्चारकर्मीहरुको उपस्थिति रहेको थियोे।


सो कार्यक्रम पी.जी. देखि कक्षा ८ सम्मका उत्कृष्ट विद्यार्थीहरुले विभिन्न सांगीतिक नित्य प्रस्तुत गरेका थिए। विद्यार्थीलाई विभिन्न खेलको प्रतिप्रदा गराउनुको साथै विजेतालाई पुरस्कार समेत वितरण ग़रीएको थियो भने उपस्थित संपूर्ण अथितिलाई बिधालयको तरफ बाट लव ऑफ टोकन दिएर सम्मान ग़रीएको थियो।।
नवदीप एकेडेमीमा बिगत ५ बर्ष पुरानो शिक्षक एवम् शिक्षिकालाई उत्कृष्ट सम्मान ग़रीएको थियो।
आज कार्यक्रम कार्यक्रममा स्वागत मनतब्य बिधालयका शिक्षिका रानी प्रजापतिले गरेकी थिइन् भने सहजीकरण नवदीप एकेडेमीका शिक्षक आदित्य यादव,नेहा अग्रवालले गरेका थिए।