वीरगन्ज । छोटेलाल प्रसाद साहद्वारा लिखित ‘भोजपुरी’ कविता संग्रहको पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिकामा लोकार्पण गरिएको छ ।
बिन्दबासिनी गाउँपालिकाको आयोजनामा कवि साहद्वारा लिखित ‘भोजपुरी’ कविता संग्रहको लोकार्पण कार्यक्रमको आयोजना गरिएको हो ।
एक कार्यक्रमका बिन्दबासिनी गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले सो कृतिको लोकार्पण गर्नुभएको हो । भोजपुरी कविता संग्रहको लोकार्पण गर्दै अध्यक्ष तिवारीले कवितामा जनताका सुख दुःखहरु मुखरित हुनुपर्ने बताउदै कवितामा मान जीवन र सिङ्गो समाजलाई नै परिवर्तन ल्याउन सक्ने तागत हुनेभएकोले यसलाई महत्वपूर्ण रुपमा हेरिने गरिएको बताउनुभयो ।
उहाँले कवि साहद्वारा लिखित कवित यथार्ततामा आधारित भएकोले यसलाई एउता प्रेरणाको रुपमा लिन सकिने समेत बताउनुभयो ।
कार्यक्रममा सो पालिका उपाध्यक्ष ज्योती चौरसिया , वडा अध्यक्ष अच्छेलाल महत्तो , लेखा प्रमुख मिथलेश कुशवाहा लगायतले साहित्य जगतमा एउटा नयाँ कृति थपिएकोमा शुभकामना दिनुभएको थियो ।