फाल्गुन । बाराको पचरौता नगरपालिकाले पहिलो पटक नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा हाजिर भएका उप सचिव नरेन्द्र परियारलाई स्वागत गरेको छ । आईतबार एक कार्यक्रमका बिच उहाँलाई स्वागत गरिएको हो ।
नगर प्रमुख जलन्धर सिंहको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा नगर उपप्रमुख नसीमा खातुन र नगर कार्यपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष लक्ष्मी यादवले शुभकामना मनतव्य राख्नुभएकाे थियो ।
परियार यस अगाडी गृह मन्त्रालयमा उप सचिव पदमा कार्यरत हुनुहुन्थ्याे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद गरेपछि परियार आउनुभएको हो ।
नगरपालिका प्रमुख जलन्धर सिंहले नयाँ प्रमुख प्रशासकीय अधिकृतमा परियारलाई पाउँदा खुःसी व्यक्त गर्नुभयो । नगरपालिकाले उप सचिव स्तरका प्रमुख प्रशासकीय अधिकृत पाएको भन्दै उहाँले राम्रो काम गर्ने विश्वास समेत लिएको सिंहले बताउनुभयो ।
कार्यक्रममा पचरौता नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष धेनुक राउत कुर्मी, ४ का कार्यवाहक वडा अध्यक्ष अखिलेश यादव, ६ का वडा अध्यक्ष मकबूल मियाँ अंसारी, ७ का वडा अध्यक्ष बनारसी बिन, ८ का वडा अध्यक्ष प्रेम चौधरी, ९ का वडा अध्यक्ष गगनदेव यादव, वडा सदस्यहरु तथा पचरौता नगरपालिकाका शाखा प्रमुख, कर्मचारीहरुले अबिर, फुलमाला एवमं दोसल्ला ओढाएर नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरेका छन ।
कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र प्रसाद साहले गर्नुभएको थियो ।