वीरगन्ज १६ कार्तिक : नेपालमा आइतवार २ हजार ८ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज २८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उनले १३ हजार २३ जनाको पीसीआर परीक्षण गरिएको बताए । काठमाडौंमा १ हजार ३६२, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज ३ हजार ६ सय २० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ । आज २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ९ सय ६० पुगेको छ ।