वीरगन्ज । आज अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले बीरगंज महानगरपालिकाको वडा नम्बर १४ र महानगरको राजस्व शाखाको छापामारेको छ । सम्पत्ति कर र जग्गा करका बारेमा वडा नम्बर १४ मा बदमासी भएको आशंकामा छापा परेको अख्तिायारले जनाएको छ ।
निर्धारित मूल्य भन्दा निकै कम मूल्याँकन गरि सम्पत्ति वा जग्गा कर निर्धारण भएको र यसमा मिलिभगत भएको आशंकामा पहिला वडा नम्बर १४ र पछि नपाले त्यसमा कुनै बदमासि गरेको छ कि छैन भनेर छानबिन गर्न राजस्व शाखामा छानबिन गरिरहेका छौं भनि अनुन्धान अधिकृतले बतए । टोलीले अहिलृे कम्प्युुटरको अभिलेख रुजु गरिरहेको छ भने छानबिनमा दोषी फेला परेमा कसूर अनुसारको कानूनी कारवाही हुने गुरा अख्तियार टोली बताउँछ ।