वीरगंज । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको निर्देशन विपरीत पर्सा क्राईम प्रहरीको मिलोमतोमा पर्सा जिल्लामा ब्यापकरुपमा तस्करी शुरु भएको समाचार प्राप्त भएको छ ।
पर्सा जिल्लामा रहेको सिमानाकाहरुवाट तस्करहरूले क्राईम प्रहरीको सहयोगले भारतवाट लत्ताकपडा, हाडयेवर, जुत्ता चप्पल, रजनिगंधा राजनिवास, गाई, भैसी, रङ्गा नेपाल भित्राउने गरेका छन भने नेपालवाट केराऊ, छोकडा, मरिच भारततर्फ लैजाने गर्छन्।
नेपाल र भारत सिमानाकाहरु अवैध तरिकाले मालसमान आयात निर्यात गर्नको निम्ति तस्करले रोजे अनुसारको प्रहरी ड्यूटीमा खटिने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट अपराध अनुसन्धान शाखाको नामले खटिने गरेको प्रहरी टोलीले तस्कर समुहसंग मोटो रकमको नजराना बुझे पश्चात तस्करीको लाइन समेत रेखदेख गर्ने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट अपराध अनुसन्धानको नाममा खटिने वरिष्ठ प्रहरी नायब निरीक्षक लोकेन्द्र पण्डित लगाएतको टोलीले आफ्नो काम कर्तब्य निर्वाह नगरी तस्करीको मालसमान आयात निर्यात गर्न मदत पुर्याउदै आएका छन । केही बिचौलीयाको सहयोगमा तस्करीको मालसमान आयात निर्यात गर्न गराउनको निम्ति मासिक लाखौ रुपैया बुझेको तस्कर श्रोतले जनाएका छन ।शान्ति सुरक्षाको नाममा खटिने प्रहरी टोलीले तस्करीको मालसमान चलाउनको निम्ति मासिक लाखौ रुपैया असुल गर्दै आएका छन ।
शान्ति सुरक्षाको मुख्य जिम्मेवारी पाएका पर्सा प्रहरीले सीमामा निगरानी बढाएपनि अपराध अनुसन्धान शाखाका प्रहरी कर्मचारीहरुले तस्करीको लाइन हेर्नुको साथै स्कटीङ समेत गर्ने गरेको रहस्य स्थानीयले बताएका छन । रातिको समयमा बिभिन्न नाकाहरुमा पुगी लाइन हेर्दै फर्किदा तस्करीको मालसमान आयात निर्यात हुने गरेको स्थानीयले बताएका छन ।
पर्सा जिल्लाको विभिन्न नाकाहरुमा घुमुवा टोली पुगी तस्कर समुहसंग मासिक नजराना बुझने गरेका छन। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले आफ्नो क्षेत्रमा पर्ने सबै सीमा नाकाहरुबाट अवैध तरिकाको मालसमान बन्द रहेको बताएपनि उहाकै मातहातमा रहेका प्रहरीहरु मासिक लाखौ रुपैया नजराना बुझने गरेको नाम नखुलाउने एक प्रहरी अधिकृतले बताएका छन् ।
प्रहरी महानिरीक्षक कुँवरले पटक पटक तस्करी नियन्त्रण गर्ने निर्देशन दिएपनि जिल्ला प्रहरी कार्यालय पर्साका अपराध अनुसन्धान शाखाको क्राईम टोलीले निर्देशन विपरीत तस्करहरुसंग रकम असुलि गरि व्यापक रुपमा तस्करी लाईन दिएको एक तस्करले बताएका छन् ।
प्रहरीको सहयोगले पर्साको सीमावर्ती नाका अमरपटी , प्रसौनी , भिस्वा , जानकी टोला र धोरे नाकावाट तस्करी निर्वाध रूपमा भइरहेको छ।
पर्सा जिल्लामा प्रहरी प्रमुखको निर्देशन विपरीत तल्लो तहको हाकिमहरुले तस्करहरु संग साठगाठ राखि तस्करी सुचारू गराएका छन्। मुलुकमा शान्ति सुरक्षाको नाममा खटिने गरेको नेपाल प्रहरी संगठन भित्रै रहेका यस्ता भ्रष्ट प्रहरीले गर्दा प्रहरी संगठनकै नाम बदनाम हुने गरेको पाइन्छ । संगठनले दिएको निर्देशनलाई धज्जि उडाउदै पावरको गलत प्रयोग गरी आफ्नो वर्दीलाई कमाई खाने भाडो बनाएका छन । तसर्थः यस्ता भ्रष्ट प्रहरी अधिकारीलाई समयमै लगाम नलगाए आउने दिनमा पर्सेली जनताले बोकेको प्रहरी माथिको विश्वास उठदै गएको देखिन्छ। यस्तो गतिविधि तर्फ माथिल्लो सम्बन्धित निकायहरुको ध्यान जान यति अवशयक देखिएको छ।
स्रोतका अनुसार बिरगंजस्थित ICP गेट नजिक जुवा खेलाउनेहरुबाट एक लाख साठी हजार , अमरपट्टीबाट नाकाबाट कपडा काम गर्नेहरुसंग बापत दुई लाख पचास हजार , अवैध मदिरा भट्टि पसल सन्चालन गर्नेहरुबाट चालीस हजार ,भैसि र कपडाको कामको लागि एक लाख बीस हजार , हड्डी र ब्याट्रीको काम गर्नेहरुसंग दुई लाख सतर हजार , मिठा र माछाको काम गर्नेहरु संग दुई लाख , प्रसौनीबाट भैंसीको काम गर्नेहरुसंग एक लाख ,हड्डीको काम गर्नेहरुसंग एक लाख पचहत्तर हजार दिएको , चल्लाको काम गर्नेहरूबाट दुई लाख पचहत्तर हजार , छपकैयाका एक जना तस्करसंग कपडाको काम गर्ने दिए बापत दुई लाख ५० हजार , अर्को कपडा तस्करसंग १ लाख ६० हजार र हुण्डी कारोबारीसंग १८ लाख लिएको छ । हुण्डी कारोबारीकोसंग लिएको १८ लाख मध्ये ३ लाख पर्सा क्राइमका वरिष्ठ सई पण्डितले आफ्नो भाग राखेको कुरा जानकारीमा आएको छ ।
यो विषयमा वरिष्ठ प्रहरी नायब निरीक्षक पण्डितसंग बुझ्दा यो सबै गलत भएको प्रतिक्रिया दिए तर जिल्लामा भइरहेको तस्करी लगायत जुवाले प्रमाणित गरेको छ कि यो सबै सत्य हो ।