वीरगन्ज १६ कार्तिक : पर्सा जिल्लाको जगरनाथपुर गाउपालिकामा ट्याक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जगरनाथपुर गाउपालिका वडा नं २ लक्ष्मीपुर निवासी ३५ बर्षिय राममनोहर साह रहेका छन् । साहले आज बिहान करिब १०ः३० बजे जगरनाथपुर गाउपालिका वडा नं ४ बाट धान खरिद गरि बीरगंज जाने क्रममा चन्द्रावती खोलाको पुलमा ट्याक्टर अनियन्त्रित भई पुलबाट खोलामा खस्दा घटना स्थलमै साहको मृत्यु भएको प्रहरी चौकी पाण्डेपुरका प्रहरी सहायक निरीक्षक आदर्श खतिवडाले बताए । आफै साहु रहेका साहले ट्याक्टर आफै चलाएका प्रहरीले जनाएको छ ।