वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाको पावरहाउस चौकदेखि पश्चिम पट्टि स्थापित भएको निलकण्ठ हस्पिटल एण्ड रिसर्च सेन्टरमा एक हप्ता निःशूल्क परीक्षण हुने भएको छ । गत आइतवारदेखि शनिवारसम्मका लागि एक हप्ता निःशूल्क रुपमा ओपिडी सेवा सञ्चालन हुने अस्पतालका सञ्चालक डा. अविनाश गिरीले जानकारी दिए । ओपिडी सेवा निःशूल्क सञ्चालन हुनुका साथै ल्याब परीक्षणमा १० प्रतिशत छुट हुने डा. गिरीले बताए । ल्याबमा विभिन्न किसिमका ८१ वटा परीक्षणको सुविधा रहेको छ । हाललाई जेनरल मेडिसिनको सेवा शुरु भएको छ भने केही दिनभित्रै अर्थाे, गाइनो लगायतका सेवा समेत सुचारु गरिने डा. गिरीको भनाई छ ।