पर्सा । नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पर्सा जिल्ला सचिव राकेश महतोले तथाकथित राष्ट्रिय युवा संघ धोबीनीको कमिटीले गरेका कुनै पनि गतिविधि मान्य नहुने बताएका छन् ।
सचिव महतोले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय युवा संघ नेपाल पर्सा जिल्ला कार्यसमितीको जानकारी बगैर गठन गरिएको कुनै पनि कमिटी मान्य नहुने बताएका छन् ।
सचिव महतोले जारी गरेको विज्ञप्तिमा मिति २०८१ /१२/ १६ गतेका दिन धोबनी गाउँपालिका लगायत केहि ठाउँमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी पर्साको जानकारी बिना , उपस्तिथि बिना राष्ट्रिय युवा संघको नाममा बैठक गर्ने भेला गर्ने कमिटी गठन गर्ने कार्य भइरहेको हुँदा तत्काल यस्तो कार्यहरू रोक्न आग्रह गरेको छ ।
साथै त्यस किसिमका बनाएका कमिटीलाई संघले मान्यता नदिने जानकारी पनि गराएको छ । राष्ट्रिय युवा संघ नेपालले आफ्नो विधि विधानको अधीनमा रहेर आफ्नो समयसीमा भित्र सम्पुर्ण मातहतको कमिटीलाई गठन पुनर्गठन गर्छ भन्ने जानकारी गराएको छ ।
केही दिन अगाडि पर्साको धोबिनी गाउँपालिकामा सलमान अहमदको अध्यक्षतामा २१ सदस्यिय राष्ट्रिय युवा संघ नेपालको पालिका कमिटी गठन गरिएको थियो जुन कमिटी अवैध बताउँदै जिल्ला कमिटी पर्साले खारेज गरेको छ ।