वीरगंज । पर्सा जिल्लाको धोबिनी गाउपालिका वडा नं ५ जगरनाथपुरमा आगलागीबाट पिडित घर परिवारलाई नेपाल रेडक्रस सोसाइटी पर्साले राहत उपलब्ध गराएको छ । रेडक्रस जिल्ला शाखाबाट ८ घर परिवारलाई तत्काल राहत उपलब्ध गराइएको छ । रेडक्रसको मुलमन्त्र जहा दुख त्यहाँ रेडक्रस अनुरुप नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले जिल्ला भरीको आगलागी पिडित परिवारलाई रेडक्रसको निति नियम अनुसार तत्काल राहत उपलब्ध गर्दै आएको साथै आउने दिनमा समेत राहत सामाग्रीको व्यवस्थापन गरेर जनतालाई सहयोग गर्ने कुरा रेडक्रस प्रदेश २ कोषाध्यक्ष सल्लाउदिन अहम्मदले जानकारी गराए । नेपाल रेडक्रस पर्साबाट आगलागी पिडित योगेन्द्र महरा चमार, लक्षुमण महरा चमार, रामायण महरा चमार, मदन महरा चमार, राजेश महरा चमार, नथुनी हजार, मंगल महरा चमार, ललन महरा चमार गरि ८ घर परिवारलाई तत्काल राहत उपलब्ध गराएको छ । राहत वितरणमा रेडक्रस पर्साका उपकोषाध्यक्ष दयाशंकर सिह , वडाअध्यक्ष मनौवर अहम्मद , वडा सदस्य भोला अन्सारी लगायत स्थानीयको सहभागीता रहेको रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले जानकारी गराए ।