वीरगंज। पर्सागढी नगरपालिका वडा न १ मनवा बजारमा आज बसेकाे सर्बदलिय बैठकबाट सडकमा चल्ने सार्बजनिक सवारी साधन हरुको भाडा निर्धारण सम्बन्धमा बैठक सम्मपन्न भएको छ ।
पर्सागढी नगरपालिका वडा न १ का वडा अध्यक्ष तुलाराम महतोको अध्यक्षतामा आज बसेकाे बैठकबाट सार्बजनिक भाडाका सवारी साधन हरुको प्रती किलो मिटर पाँच रुपैया दरले भाडा कायम गरेको छ र छाेटाे दुरिकाे सवारी साधनहरुले कम्तिमा तीन किलो मिटरकाे १५ रुपैया भाडा निर्धारण गरेकाे छ ।
भेलाबाट पर्सागढी नगरपालिका अन्तर्गत रहेको जनता सडकमा चल्ने सार्बजनिक सवारी साधन हरुको अनुगमनको लागि नन्दलाल दास थारुको सयोजकमा पाँच सदस्य तदर्थ समिति समेत गठन गरेकाे छ। सदस्यमा दुर्गा प्रसाद लामिछाने , मनोज दास थारु , अरुण प्रकाश रेग्मी , महमद जिकुर्ल्लाह रहेका छन । सो तदर्थ समितीले एक महिना भित्र नगर स्थरको बृहत आम भेला गरि समिती बिस्तार गर्ने र सार्बजनिक सवारी साधनहरुमा सिट क्षमता भन्दा बढी यात्रु बसाल्न नपाइने निर्णय गरेको छ ।
आजको भेलामा पर्सागढि नगरपालिका वडा न २ का वडा अध्यक्ष बेदमन दास थारु , ३ न वडाका वडा अध्यक्ष उद्घब बहादुर उप्रेती , ४ का वडा अध्यक्ष समसुदिन साह देवान , ९ न वडा अध्यक्ष रामनारायण गौरो नगरपालिका प्रतिनिधि प्रदिप चौरसिया लगायत नगर स्थरका स्थानिय समाज सेबि हरुको उपस्तिथि रहेको थियो ।