पर्सा । खानेपानी मन्त्री प्रदीप यादवको नाममा ठगी गरेको आरोपमा पक्राऊ परेका आयुब मिया अन्सारी रिहा भएका छन् ।
मन्त्री यादवसँग राम्रो चिनजान भएकोले काम गराइदिने भन्दै एक करोड रुपैयाँ बराबरको ठगी आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले अन्सारीलाई नियन्त्रणमा लिएको थियो ।
उजुरीको आधारमा सीबीआई काठमाडौंले छानबिन गर्नका लागि पठाएको पत्रको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रण लिएसँगै उनका आफन्तले ठगिएका व्यक्तिहरूको खातामा रुपैयाँ पठाएसंगै उनी रिहा भएका हुन् ।
मुद्दा दर्ता नरहेकोले उजुरीको आधारमा अन्सारीलाई नियन्त्रण लिई छलफल गराई , उनका पक्षले रुपैयाँ पठाएपछि दुवै पक्ष बीच मिलापत्र गराएर अन्सारीलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।