वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध तरीकाले भन्सार छली गरी ल्याउँदै गरेको लताकपडा तथा हार्डवेयर पार्ट्सहरु बरामद गरेको छ। वीरगञ्जबाट ४ लाख ६७ हजार ६ सय ५० रुपैयाँ बराबरको भन्सार छलिका सामाग्री प्रहरीले बरामद गरेको छ । सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा वीरगञ्ज महानगरपालिकाको इनर्वा गाउँ , नगवा र छपकैयाबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको अवस्थामा प्रहरीले सामाग्री नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । बरामद गरिएको लत्ता कपडा तथा हार्डवेयरका पार्टसहरु आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।