वीरगंज । पकाहामैनपुर युवा सञ्जालद्वारा आयोजना गरिएको कार्यक्रम शनिबार नभई सोमवारका दिन गरिने युवा सञ्जालले जनाएको छ । युवा सञ्जालद्वारा पकहामैनपुर गाउँपालिकाले गरेको भ्रष्टाचार विरुद्ध आयोजना गरिएको भण्डाफोर कार्यक्रम लगातार भइरहेको वर्षका कारण शनिबारका लागि स्थगित गरिएको युवा सञ्जालले जनाएको छ । लगातार भइरहेको वर्षका कारण कार्यक्रम हुने स्थलमा पानी जमी हिलो भएकोले शनिबारका लागि स्थगित गरी सोमबार गरिने युवा सञ्जालले जनाएको छ । आउँदो सोमबारका दिन ११ बजे देखि मधुबनी चौक मै भण्डाफोर कार्यक्रम गरिने युवा सञ्जालका प्रवक्ता प्रमोद पटेलले बताएका हुन् ।