वीरगन्ज १८ कार्तिक : वीरगन्जमा लागू औंषध सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक सेवा केन्द्र छपकैया २ र राईजिङ्ग बिरगन्ज नेपालको संयुक्त आयोजनामा पानीटन्की वडा न.८ स्थित डेसिमल कालेजमा कार्यक्रम सम्पन्न भएको हो । आज भएको सो कार्यक्रमको अध्यक्षतामा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया २ बिरगंज पर्साका कोषाध्यक्ष प्रेम कुमारी सिंह र प्रमुख अतिथिमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक दिपक कुमार साह रहनु भएको थियो । कार्यक्रममा डेसिमल कालेजका डाईरेक्टर डा. सुषमा तिवारी दुवेदि , कालेजका चेयरमेन शनि दुबे , सामुदायिक सेवा केन्द्र मुर्लिका अध्यक्ष राम सरार्फ , सामुदायिक सेवा केन्द्र मिनाबजारका अध्यक्ष बिदुर गुप्ता, सामुदायिक सेवा केन्द्र छपकैया २ का सचिब प्रबिण बिक्रम शाह, सदस्य अजित कुमार भुजेल , राईजिङ्ग बिरगंज नेपालका आरजु खान, प्रहरी बिट छपकैया(२ का प्रहरी सहायक निरीक्षक रामेस्वर प्रसाद यादवलगायत कलेजका ५० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।