पर्सा । नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पर्साले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । राष्ट्रिय युवा संघ नेपाल पर्साले ‘सुरक्षित रगत सबैका लागि जीवन दान’ भन्ने नाराका साथ उक्त कार्यक्रम विरगंजको घण्टाघरमा आयोजना गर्न लागेको हो ।
राष्ट्रिय युवा संघ नेपाल पर्सा जिल्ला अध्यक्ष सुवास साहले आयोजना हुने रक्तदान कार्यक्रमलाई सफल बनाउनका लागि कर्मचारी, व्यवसायी, बुद्धिजीवी, अभिकर्ता, समाजसेवी लगायत स्थानीयवासी सहभागी भई सबैलाई रक्तदान गरी सहयोग गर्न आग्रह गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपालको स्थापना दिवसको अवसरमा उक्त कार्यक्रम गर्न लागिएको जिल्ला सचिव राकेश महतोले बताए ।
साथै राष्ट्रिय युवा संघ नेपाल पर्साको प्रथम सचिवालयको बैठकले आउँदो ११ गते हुन् गइरहेको काठमाडौंको भृकुटीमण्डपमा युथ सेलेब्रेशन कार्यक्रममा पर्सा जिल्लाबाट धेरै भन्दा धेरै युवाहरुलाई सहभागिता गराउन समेत निर्णय गरेको छ ।