वीरगन्ज १८ कार्तिक : रौतहट जिल्लाका प्रहरी प्रमुख एसपी सिद्वी बिक्रम शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ। उहालाई रुघाखोकी संगै ज्वरो आउन थालेपछि पिसिआर टेस्ट गराउंदा रिपोर्ट पोजेटिभ आएको हो ।
एसपी शाह अहिले सेल्फ आईसोलेसनमा बसिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी भरत श्रेष्ठले बताए । हाल पछिल्लो एक सातामा रौतहटमा १ सय ८९ जनाको स्वाब परीक्षण गरिएकोमा १ सय जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको गौर अस्पतालले जनाएको छ । त्यसैगरी हालसम्म रौतहटमा कोरोना संक्रमण बाट मृत्यु हुने को संख्या १३ पुगेको छ।
बन्दाबन्दी खुलेपछि रौतहटमा सार्वजनिक यातायात र विद्यालय पनि खुलेका छन् । बजार, कार्यालय, व्यापार पहिलेकै अवस्थामा झैं सञ्चालनमा आएको छ, तर स्वास्थ्य मन्त्रालयद्धारा जारी गरिएको कुनैपनि सुरक्षाको मापदण्ड अपनाइएको संख्या यहाँ शून्य छ । जिल्लामा मास्क, भौतिक दुरी तथा स्वास्थ्य सचेतनामा ध्यान दिन सकेको छैनन् ।
बजारहरुमा बढी भिडभाड हुनु, व्यक्तिगत दुरी कायम नहुनुले कोरोनाको जोखिम झनै बढेको चिकित्सकहरु बताँछन । कोरोना महामारी नियन्त्रण गर्न जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको संयुक्त बैठक बुधवार बस्ने त्यसपछि नयाँ रणनिति तयार गरेर पहल गरिन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।