वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा –५ महुवनमा आगलागीबाट एक घर जलेर पूर्णरुपमा नष्ट भएको छ । आज बेलुका ७:०० बजेको समयमा घरमा खाना पाकिरहेको अवस्थामा आगलागी भएको थियो ।
स्थानीय बदरी रामको घरमा अचानक आगलागी भएको स्थानीयहरुले बताएका छन । घरको भान्छाबाट आगलागी भएको बताइएको छ ।
आगलागीबाट घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडालगायत सामग्री जलेर नष्ट भएको घरका सदस्यले बताएका छन् । आगलागीबाट मानवीय क्षति भने नभएको उहाँहरुको भनाइ छ ।
आगलागीको थप तथा यकिन विवरणका लागि इलाका प्रहरी कार्यालय पोखरीया र गाउँपालिकाबाट टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
आगलागीबाट पूर्ण रुपमा ध्वस्त भएको घर खेलकुद तथा समाज कल्याण मधेस प्रदेश मन्त्री प्रमोद जैसवाल र पूर्व गाउँपालिका अध्यक्ष प्रदीप जैसवालले बनाइदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
घटना स्थल पुगेका मन्त्री जैसवालले अग्नि पीडितसंग कुरा गर्दै घर बनाउने जिममेवारी लिएका हुन् ।