वीरगन्ज १८ कार्तिक : रौतहटको चन्द्रपुर देखी गौर सडक खण्डमा टिफरको ठक्करबाट एक जना घाइते भएको छ । गरुडाको जयनगर चौकमा टिफरले एक मोटरसाइकललाई ठक्कर दिएको हो । नम्वर नखुलेको आरोही सप्लार्स टिफरले ना ५६ प ९२९७ नम्वरको मोटरसाइकललाई आज ठक्कर दिदा मोटरसाइकल चालक घाइते भएका छन । मोटरसाइकलमा सवार व्यक्तिको नाक र मुखमा चोट लागेको जनाइएको छ । टिफरको अगाडीको भागमा क्षती पुगेको छ भने मोटरसाइकलमा समेत क्षती पुगेको छ । घाइतेको नाम र ठेगाना नखुलेको उनको उपचार स्थानिय स्वास्थ्य केन्द्रमा भईरहेको र दुर्घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।