पर्सा । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सडक ढलानको आज एक कार्यक्रममा बिच मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जैसवालले शिलन्यास गरेका छन् । गाउँपालिकाको वडा नं १ गढी टोलमा मधेस प्रदेश सरकारको ४५ लाखको लागतमा सडक ढलान हुन लागेको हो ।
सो क्षेत्रमा सडक ढलानको लागी स्थानियले माग गर्दे आएकोमा मधेस प्रदेश सरकार मन्त्री जैसवालले बजेट विनियोजन गराई काम आजै बाट सुरु भएको मन्त्री जयसवालले बताउनुभयो । उक्त सडक ढलान भएपछि सो क्षेत्रका स्थानियलाई आउजाउका लागी सहज हुनेछ ।
मन्त्री जयसवालले अझै पनि पुर्वाधार विकासको क्षेत्रमा धेरै काम गर्न बाँकि रहेको बताउदै ३ तहका सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
सडक ढलान शिलन्यास कार्यक्रममा पूर्व गाउँपालिका अध्यक्ष प्रदीप जैसवाल , नेता अशोक साह , रुपलाल यादव लगायतको उपस्थिति रहेको थियो ।