वीरगञ्ज। नारायणी अस्पताल वीरगञ्जको आकस्मिक कक्ष निर्माणमा एक करोड ८४ लाख ३८ हजार भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित र्नौजनाविरुद्ध मुद्दा दायर गरेको छ। प्रतिस्पर्धा नगरी एक निर्माण व्यवसायीलाई मिल्नेगरी ठेक्का दिएर भ्रष्टाचार गरेको अख्तियारको अभियोग छ।
तत्कालिन मेसु संजय कुमार ठाकुर, सहरी विकास तथा भवन निर्माण कार्यालय वीरगञ्जका तत्कालिन कार्यालय प्रमुख राजेन्द्र साह र इन्जिनियर सकुर अन्सारी, नारायणी अस्पतालका तत्कालिन नासु सुशीलप्रसाद यादब र लेखापाल सुदीप कुमार माझी, मूल्याङकन समितिका संयोजक वीरेन्द्रकुमार प्रधान र सदस्य सचिव माधवी चौधरी र लुम्बिनी मिसन जेभीका जगत बुढा र विष्णु प्रसाद शर्मालाई प्रतिवादी बनाइएको छ।