विशाल यादव
पर्सा । पर्साको पोखरिया नगरपालिका वडा नं १ बनकाटवा देखि पोखरिया बजार सम्म ४५ लाखको लागतमा निर्माण हुने नाला शिलान्यास एक कार्यक्रमका बीच मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री माननीय प्रमोद जयसवाल र पोखरिया नगरपालिकाका नगर प्रमुख प्रधुमन चौहानले संयुक्त रूपमा गरेका छन् ।
कार्यक्रममा पोखरिया नगरपालिकाका नेकपा एमालेका नगर कमिटीका अध्यक्ष बिन्द्याचल ठाकुर , वडा नं १ वडा अध्यक्ष प्रमोद गिरी, स्थानीय नेता, युवा, बुद्धिजीवी, लगाएतका उपस्थिति रहेका थिए।