पकाहामैनपुर । नेकपा एमाले मधेस प्रदेश सचिवालयले पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिका कमिटी विघटन गरेको छ । मधेश प्रदेश कमिटीको १० गतेको बसेको बैठकले पार्टीको विधि विधान विपरित गठन गरियो कमिटी विघटन गरेको मधेस प्रदेश कमिटी उपाध्यक्ष विचारी यादले बताए ।
पकाहामैनपुर गाउँपालिका कमिटीको अधिवेशन २०८१ चैत्र २३ गते उद्दघाटन शत्र सुरु भएको थिए तर सामान्य विवाद हुँदा अध्यक्ष मण्डलका अध्यक्ष एवं जिल्ला अध्यक्ष विश्वम्भर शर्माले आजको लागि अधिवेशन स्थगित गरी भोली बन्द शत्र गरिने बताएका थिए ।
तर गएको वैशाख २५ गते अध्यक्ष शर्माले मनोपाली विधि विपरीत अकलेश साहको अध्यक्षता पकाहा मैनपुरपालिका कमिटी गठन गरेका घोषण गरेका थिए ।
उक्त कमिटी विधि विपरीत रहेको भन्दै केही सदस्यहरूले मधेस प्रदेश जानकारी गराए लगत्तै प्रदेश कमिटीले छानबिन गर्दा नियम अनुसार नदेखिएकोले कमिटी विगठन गरेको हो ।