पोखरा । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट राष्ट्रिय युवा संघ नेपालको भूगोल तर्फ पर्साबाट केन्द्रिय सदस्यमा रवि गुप्ता निर्विरोध निर्वाचित भएका छन् । पर्सा जिल्ला बहुदरमाई नगरपालिका निवासी गुप्ता फेरि राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।
गण्डकी प्रदेशको पोखरामा भएको राष्ट्रिय युवा संघ नेपालको १०औँ महाधिवेशनले गुप्तालाई सो पदमा निर्विरोध चएन गरेको हो । विगत लामो समयदेखि नेकपा एमालोमा रही विभिन्न तवरबाट साथ सहयोग तथा हौसला र पार्टीको नीति विधानमा रही पार्टीको हितका लागि काम गरेका गुप्ता यस पटक फेरी राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।
पार्टीलाई विजयी गराउन तथा पार्टीलाई बलियो बनाउन विभिन्न आन्दोलन तथा पार्टीका अन्य कार्यमा गुप्ता सक्रिय हुँदै आएका थिए । आगामी दिनमा पनि पार्टीको हितमा काम गरेर, पार्टी तथा संगठनलाई बलियो बनाउन लागिपर्ने गुप्ताले बताएका छन् । विकास निर्माणका कामदेखि समाजिक क्रियाकलापमा पनि गुप्ता सक्रिय छन् ।