बारा । बाराको परवानिपुर गाउँपालिकाले आज गणतन्त्र दिवस २०८२ , को अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
परवानीपुर गाउँपालिका अध्यक्ष रामक्षेत्री प्रसाद कुर्मी , उपाध्यक्ष सुगान्धी देवी र प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारले रक्तदान गरेर शुरु गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको अधिकृत रौनियारले जानकारी दिए ।
उहाँले रगतको अभावले कसैले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो । यसअघि पनि परवानीपुर गाउँपालिकाले विभिन्न सामाजिक तथा जनकल्याणकारी कार्यक्रम गर्दै आएको छ ।
साथै आजको दिन हाम्रा लागि विशेष छ । यो दिन एक साधारण दिनमात्र हैन, यो हाम्रा लागि एक ऐतिहासिक दिन हो । नेपाली जनताको संघर्ष, त्याग र बलिदानबाट आजभन्दा ठिक १८ वर्षअगाडि २०६५ साल जेठ १५ गते हामीले नागरिक सर्वोच्चतासहितको लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका थियौँ भने उनले थपे ।