सप्तरी । राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इससरत परवीन सहितका जनप्रतिनिधिहरुले मंगलबार नगरपालिकामा लगाईएको ताला फुटाएर कार्यालयमा प्रवेश गरेपछि स्थिति तनावपूर्ण बनेको छ ।
निलम्बित नगरप्रमुख भीमराज यादव सहित उहाँका समर्थकहरुले प्रमुख प्रशासकीय अधिकृतको सरुवाको विषयलाई लिएर आईतबार ९ बुदे माग अघि सार्दै लगाइएको ताला फुटाएर कार्यवाहक नगरप्रमुख परवीन सहितका जनप्रतिनिधिहरुले कार्यालय प्रवेश गरेपछि स्थिति तनावपूर्ण बनेको हो ।
यसअघिका प्रमुख प्रशासकीय अधिकृत डा. श्रवणकुमार साहको सामान्य प्रशासनले सरुवा गर्दै नगरपालिकाका शिक्षा अधिकृत भोगेन्द्र प्रसाद यादवलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको थियो । त्यही विषयलाई लिएर कार्यवाहक नगरप्रमुख परवीन र निलम्बित नगरप्रमुख यादवबीच बिबाद चुलिएको थियो ।
कार्यवाहक नगरप्रमुख परवीन विधीको शासन लागु गर्न मन्त्रालयले खटाएको कर्मचारीलाई हाजिर गराई जिम्मेवारी दिनु पर्ने पक्षमा र निलम्बित मेयर यादव सोको विरोध गर्दै डा.साहलाई नै सो जिम्मेवारीमा राख्नु पर्ने अडान लिएपछि नगरपालिको स्थिति यहाँसम्म आइपुगेको हो ।
तालाबन्दी र धर्नाका कारण तीन दिनदेखि कामकाज ठप्प रहेको नगरपालिकामा कार्यवाहक नगरप्रमुख परवीन र नगरपालिकाका प्रवक्ता जयनाराण मंडल, वडा नम्बर ७ का वडाध्यक्ष सुभाषचन्द्र यादव सहित उहाँपक्षका जनप्रतिनिधि तथा समर्थकहरुले कार्यालयको ताल्चा फुटाएर प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र प्रसाद यादवलाई हाजिर गराउँदा स्थिति निकै तनावपूर्ण बनेको छ ।
यसअघिको प्रमुख प्रशासकीय अधिकृत नियमित कार्यालयमा नबस्दा नगरपालिकाले १०-१५ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको बताउँदै कार्यबाहक नगरप्रमुख परवीनले यो आर्थिक बर्षका लागि उहाँलाई सरुवा गरेर यादवलाई मन्त्रालयले जिम्मेवारी दिएकोले विकासिय तथा दैनिक कामकाज अगाडी बढाउन यादवलाई हाजरी गराईएको बताउनुभयो।
प्रमुख प्रशासकीय अधिकृत यादवलाई हाजिर गराउँदा निलम्बित नगरप्रमुख यादव समर्थकहरुले नगरपालिका अगाडी टायर बालेर प्रदर्शनमा गरेका छन् भने दुवै पक्षबीच सामान्य तनाव हुँदा नगरपालिका सिसि क्यामरा र झ्यालका सिसाहरु फुटेको छ ।
यसै बिषयलाई लिएर दुबैपक्ष सोमबार दिनभर जिल्ला प्रशासन कार्यालयमा छलफलमा बसेपनि ताला खोलेर प्रमुख प्रशासकीय अधिकृत यादवलाई हाजिर गराउने सन्दर्भमा कुनै ठोस निष्कर्ष ननिस्किदा कार्यवाहक नगरप्रमुख परवीनको नृेतृत्वमा कार्यालयको ताल्चा फुटाएर प्रमुख प्रशासकीय अधिकृतलाई तनावपूर्ण स्थितिकाबीच हाजिर गराईएको हो ।
अहिले राजविराज नगरपालिकामा ठूलो संंख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको डिउटीमे रहनुभएका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
यसअघि निलम्बित नगरप्रमुख यादवले नगर क्षेत्रमा भएको सिसिटिभी क्यामेरा जडान प्रकरणमा छानवीन, नगरको ६८ विगहा क्षेत्रमा ब्लक र विटौरी जग्वगामा वसोवास गर्दै आएको ५ हजार भन्दा बढी लालपुर्जाबाट बञ्चित परिवारलाई लालपूर्जा प्रदान, हटिया बजारको व्यवस्थापन, नगरका जीर्ण सडक र नालाको मर्मत सम्भार, लामखुट्टे विरुद्धको औषधी छर्किने व्यवस्था लगायतका माग अघि सार्दै कार्यालयमा तालाबन्दी गरि धर्ना सुरु गर्नु भएको थियो ।