वीरगन्ज १९ कार्तिक ः इलाका प्रहरी कार्यालय, सिमराले ३ हजार एम्पुल लागूऔषधसहित बसका सहचालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । वीरगंजबाट बनेपाको लागि छुटेको ना.६ ख ९०९९ नं.को बस खानतलासी गर्दा यात्रीको सिटमाथि सामान राख्ने ¥याकमा लुकाइराखेको अवस्थामा नुर्पिmन, फेनारगन र डाइजेपाम ३ हजार एम्पुल बरामद भएको जिप्रका, बाराका प्रवक्ता प्रनाउ गौतम मिश्रले बताए । सो लागूऔषधसहित बारा, देवताल गाउ“पालिका–५ घर भई वीरगंज महानगर–१५ मा डेरा गरी बस्ने सहचालक २१ वर्षीय अमितकुमार नूनिया पक्राउ परेको बताएका छन् । उनलाई अदालतमा पेश गरी ५ दिनको म्याद थप गरेर कारबाई प्रक्रिया अगाडि बढाएको उनले बताए ।