पर्सा । पर्साको बहुदरमाई नगरपालिकाको आयोजनामा दोस्रो उप-मेयर क्रिकेट कपको आज एक कार्यक्रमका बिच उद्घघाटन गरिएको छ ।
उप-मेयर क्रिकेट कपको उद्दघाटन गर्दै प्रमुख अतिथि एवं उपमेयर सुष्मा कुशवाहाले यो खेलमा वडा नम्बर ३ का खेलाडीहरू भाग नलिएपछि आफ्नो मन्न दुःखी भएको बताएका हुन । हार जित एउटा प्रक्रिया हो । तर हौसला सबैजना जितको राख्ने भने सुझाव दिइन् ।
साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग मैले गराएको प्रतिबद्धता यो फिल्ड अगाडि पुल आज पास भइसकेको कुरा बताइन् ।
अब चाँडै काम सुरु पनि हुनेछ । सँगै यो फिल्डको स्तरउन्नतिको लागि हामीहरु पहल गरेका छौं यो फिल्डलाई आउने दिनमा राम्रो बनाउन प्रतिबद्धता समेत गरिन् ।
कार्यक्रममा एमाले नगर कमिटी अध्यक्ष प्रमोद कुशवाहा , प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव , वडा अध्यक्ष दिनेश प्रसाद यादव , सुरेन्द्र यादव , सुनिल कुशवाहा लगायतको उपस्थिति रहेको थियो।