पर्सा । पर्साको बिरगंज महानगरपालिका लिंकरोड स्थित मेरी स्टोप्स सेन्टरका डाक्टरको लापरवाहीले गर्भपतन गराउँदा एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यलय पर्साका अनुसार बहुदरमाई नगरपालिका वडा नं ६ भौवराटारकी २४ वर्षीया लालसा साह कानुको बिहिबार बिहान १० बजे मृत्यु भएको हो ।
मंगलबार बिहान श्रीमान् सहित आएर बेलुका गर्भपतन गराएकी कानुको अत्याधिक दुखाई र रक्तश्राव भएपछि मेरी स्टोप्स सेन्टरका डाक्टर साकेस कुमार ठाकुरको सल्लाह बमोजिम बुधबार बिहान ४ बजे वीरगन्जकै विर्तास्थित नारायणी सेन्ट्रल अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पतालमा उपचार सुरु हुनासाथ कानुको बिहिबार बिहान १० बजे मृत्यू भएको मृतकका श्रीमानले बताए ।
कानुलाई सेन्टरका डाक्टर साकेस कुमार ठाकुरले गर्भपतन गराएका थिए । कानुको मृत्यु भएपछि डाक्टर सम्पर्कमा नरहेको बुझिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार घटनाको अनुसन्धान भइरहेको छ साथै कानुको शब पोष्टमार्टमका लागि नारायणी अस्पतालमा लगिएको छ ।
मेरी स्टोप्स सेन्टरलाई गर्भपतनको सुरक्षित स्थान भन्ने गरिएको छ तर मृतक श्रीमानका अनुसार सुरक्षित हैन घातक रहेको बताएका छन् ।
उनका अनुसार गर्भपतन गराउन जाँदा पेटको नली काटिएकोले भित्रै रक्तश्रावभई स्वाथ्य आस्था नाजुक भई मृत्यु भएको बताए ।