वीरगञ्ज । वीरगञ्ज महानगरपालिका कार्यालयमा रहेको राष्ट्रिय परिचयपत्र विवरण दर्ता स्टेशनबाट प्रभावकारी सेवा प्रवाह हुन नसकेको गुनासो नागरिकहरूबाट निरन्तर रूपमा प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय, पर्साले ती स्टेशनहरू स्थानान्तरण गर्ने निर्णय गरेको छ ।
नागरिकले समयमै सेवा नपाएको, प्रक्रिया ढिला भएको, र प्राविधिक अवरोधका कारण सेवा असहज बनेको गुनासो बढेसँगै प्रशासनले नगर कार्यालयमा रहेका दुई वटा स्टेशनहरू हटाएर सोही सेवा जिल्ला प्रशासन कार्यालयमै सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।
असार १ गतेदेखि ती स्थानान्तरण गरिएका स्टेशनहरू जिल्ला प्रशासन कार्यालय , पर्साबाटै सेवा प्रवाह गर्ने गरि सञ्चालनमा ल्याइने अधिकृत दीपक कुमार पटेलले बताए।
प्रशासनको यस कदमबाट सेवा प्रभावकारी , व्यवस्थित र सर्वसुलभ हुने अपेक्षा गरिएको छ । साथै, सम्बन्धित सबैलाई राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा जिल्ला प्रशासन कार्यालयबाट लिन अनुरोध गरिएको छ ।
