काठमाडौं । नेपाल तराई विद्यार्थी नवजागरण संघ र युवा सक्रियताको संयुक्त आयोजनामा ललितपुरस्थित पुल्चोक क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
संघका अध्यक्ष शिवम साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा युवा सक्रियताका अध्यक्ष अर्जुन शाह, सल्लाहकार रवि मिश्र, चन्दन सिंह, अमृता मण्डल र रोशन दासको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रम अन्तर्गत पुल्चोक क्याम्पसस्थित सरस्वती मन्दिर परिसरमा २० वटा धूपी र अन्य स्थानहरूमा ४५ वटा कल्की फूल, आसरे पुल तथा अम्बा प्रजातिका बिरुवा रोपिएको आयोजकले जनाएको छ।
संस्थाहरूले वातावरण संरक्षण तथा हरियाली विस्तारको उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको जनाएका छन्। वृक्षारोपण कार्यक्रमले विद्यार्थीहरूमा पर्यावरणप्रति सचेतना अभिवृद्धि गर्ने विश्वास आयोजकको छ।