काठमाडौं । युनुस अन्सारी कारागार चलान भएका छन् ।
नक्कली भारतीय नोट कारोबारमा संलग्न रहेको आरोप लागेका अन्सारीमाथि सम्पत्ति शुद्वीकरणमा पनि मुद्दा दायर भएकामा धरौटी बुझाउन नसक्दा कारागार चलान भएका हुन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश बलराम लम्सालको इजलासले उनलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
अन्सारीविरुद्ध २०६६ सालयता जाली नोटको कारोबारलगायत विभिन्न अभियोग लागेको थियो । जसमा दोषी ठहर भई उनी गत महिना मात्र छुटेका थिए। छुटेलगत्तै सिआइबीले नियन्त्रणमा लिएर उनलाई सम्पत्ति शुद्धीकरणको कसुरमा अर्को मुद्दा दायर गरेको हो ।