बीरगंज १९ कातिक : वैदेशिक रोजगारीका नाममा भारत जादै गरेको ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिमा सिल रहेको बेला अमरपटि नाका भएर नेपाली चेलीलाइ भारत ओसार पोसार भइरहेकोले बिषेश सुचनाको आधारमा अमरपटि चैकिका अर्सइ रामबाबु यादवको टोलिले ४ जना पुरुष र ४ जना महिलालाइ उद्धार गरेको छ । दलाल समूह युवतीलाई विभिन्न प्रलोभनमा पारेर भारततर्फ जादै गरेकोेमा नियन्त्रणमा लिएको हो । विन्दवासिनी गाउँपालिका वडा २ का गर्दैल रजित साह गोड , सन्तोस महतो , दिपक कुमार महतो र एक जना भारत विहार मोतिहारी जिल्ला बस्ने चन्दन कुमार महतो को समूहले ती युवतीहरुलाइ भारत लगि रहेको बेला सिमामा पक्राउ गरेको छ । उद्धार गरिएका महिलालाइ जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेलमा राखिएककोे अर्सइ रामबाबु यादवले जनाकारी दिनु भयो । यता पक्राउ परेको ती बिचौलियाको समूहहरुकोे बयानको आधारमा पर्सा प्रहरीले विन्दवासिनी गाउँपालिका वडा २ का गर्दैलका कृष्णा महतोको घरमा छापामारी गरि थप एक जना महिला उद्धार गरेको छ । प्रहरीले दोसे पटक हिमत मुखिया बिनको घरमा छापामारी गर्दा बिन फरार भएका थिए ।